२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईसीबीद्वारा पुनः ब्याज दर वृद्धि

अ+ अ-

फ्र्याङ्कफर्ट, जर्मनी । युरोपेली केन्द्रीय बैङ्कले बिहीबार आफ्नो ब्याज दरलाई सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्‍याएको छ ।

फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाइ प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याज दर ३.७५ प्रतिशत कायम गरेको छ । यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दु बराबर पुगेको हो ।

मुद्रास्फीतिसँग जुध्न बैङ्कको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ ।

युक्रेनमा रुसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत बिन्दुले बढेको छ ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले एक पत्रकार सम्मेलनमा भने, ‘गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि ‘धेरै लामो समयसम्म धेरै उच्च’ रहने अपेक्षा गरिएको छ ।

युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५.५ प्रतिशतले बढेको छ तर ईसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।

तर लेगार्डले भने, ‘ईसीबीले भविष्यको दर निर्णयको सन्दर्भमा ‘खुला सोच’ राख्नेछ ।’ विश्लेषकहरूले सेप्टेम्बरमा केन्द्रीय बैंकको अर्को बैठकमा सम्भावित विरामको लागि ढोका खोलेको बताएका छन् भने यो लेगार्डको विगतको उग्र स्वरमा एउटा उल्लेखनीय विचलन हो ।

प्रतिक्रिया दिनुहोस