साउन र भदौमा सातै प्रदेशमा प्रशिक्षण सक्ने रास्वपाको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साउन र भदौमा सातै प्रदेशमा प्रशिक्षण सक्ने रास्वपाको तयारी


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ ।

रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।

शुक्रबार र शनिबार (साउन १२ र १३) हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ । बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरी पुन मिति तय हुने प्रशिक्षण विभागले जनाएको छ ।

पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरी अर्को मिति सार्वजनिक गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस