काँग्रेसले संगठन सुदृढीकरणका लागी राष्ट्रव्यापी अभियान संचालन गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसले संगठन सुदृढीकरणका लागी राष्ट्रव्यापी अभियान संचालन गर्ने


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरण गर्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर सङ्गठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो।

त्यसका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक तयारी हुनेछ। काँग्रेसले २०८० सालमा ५ देखि ७ लाख सदस्य पार्टीमा थप गर्ने लक्ष्यसमेत राखेको छ।

साथै काँग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बोलाउने, तराई मधेसमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकोले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न काँग्रेसले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस