काठमाडौँ । वन पैदावार विकास सङ्घर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ।
लामो समयदेखिको तलब दिन माग गर्दै समितिका कर्मचारीले प्रदर्शन गरेका हुन् । विगत ११ महिनादेखि तलब नपाएको उनीहरूको भनाई छ ।
पाउन बाँकी तलब भत्ताको व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने, श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने, वन रोयल्टीमा वृद्धि, सुत्रकोकारण आयतनमा वृद्धि र समितिको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने र वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्ने माग माग उनीहरूले राखेका छन् ।
।
