काठमाडौँ । मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको हो।
राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए।
त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए। अध्यक्ष तिमिल्सिनाले निर्णायक प्रस्तुत गरेको विधेयकमामा ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए।







