काठमाडौँ । काठमाडौँका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाडौँको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।
बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
त्यस्तै, जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
#SMSAlert
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 26, 2023
साउन ११ बिहान ३बजे
काठमाडौंको बुढानिलकण्ठ,जितपुर र आसपास पछिल्लो २ घण्टामा भारी वर्षा भएको, विष्णुमती गोङ्गबुमा जलसतहले सतर्कता नजिक पुगेको,विष्णुमती,ईच्छुमती,धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्छ,७ बजे सम्म उच्च सतर्कता अपनाऔँ@NDRRMA_Nepal pic.twitter.com/DZuU9nXmhE