खाँणलाई निलम्बन गर्न माग राख्दै गगन थापाको ‘नोट अफ डिसेन्ट’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खाँणलाई निलम्बन गर्न माग राख्दै गगन थापाको ‘नोट अफ डिसेन्ट’


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी निलम्बन गर्न माग गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमै लिखित रूपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका हुन्।

यद्यपि काँग्रेस बैठकले भने खाँणको बारेमा कुनै निर्णय गरेको छैन। बैठकपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने आरोप लगाउँदैमा कोही दोषी नहुने भन्दै खाँणको बचाउ गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस