काठमाडौँ । नेपाली काँग्रेसले सुन तस्करी प्रकरणमा गहिरो अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्ने भएको छ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले सो जानकारी दिएका हुन्।
काँग्रेसले भ्रष्टाचारमा दोषी नउम्कियून् र निर्दोष नफसून् भन्नेमा प्रतिबद्ध रहेको जनाएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्।