प्रि-ओपन सेसनमा नेप्से ४.१४ अंकले बढ्यो « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

प्रि-ओपन सेसनमा नेप्से ४.१४ अंकले बढ्यो


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से सूचक ४.१४ अंकले बढेको छ ।

सोमबार र मंगलबार लगातार दुई दिन दोहोरो अंकले घटेको नेप्से आजको सुरुवाती कारोबारमा भने बढेको हो ।

यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० पटक कारोबार भएको हो । १२ कम्पनीको मूल्य बढ्दा ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस