१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा अवरोध गर्दै एमाले

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध गर्न लागेको हो ।

एक साता अघि त्रिभुवन विमानस्थलबाट ट्याक्सीमा ब्रेक शुसहित झन्डै १ सय किलो सुन बरामद भएको छ । विमानस्थलबाट ठूलो मात्रामा सुन बाहिरिँदासमेत सुरक्षाको उचित प्रवन्ध गर्न नसकेको जनाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै एमाले संसद अवरुद्ध गर्न लागेको हो ।

त्यसका लागि उसले मध्यान्न १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । विमानस्थलको सुन प्रकरण उपप्रधान तथा गृह मन्त्री र अर्थमन्त्रीको मिलेमतोमा भएको आशंका व्यक्त गर्दै संसदमा त्यस विषयमा सरकारको जवाफ माग गर्ने गिरीले जानकारी दिए ।

‘सरकारले विमानस्थलको सुन प्रकरणमा चित्तबुझ्दो जवाफ नदिए संसद सञ्चालन हुन सक्दैन,’ गिरीले भने,‘सरकारको रबैयामा संसद चल्ने वा नचल्ने भर पर्दछ । हामी जिम्मेवार ढुङ्गाबाट प्रस्तुत हुन्छौं ।’ गिरीले दलको बैठकमा सदस्यहरूको सुझावका आधारमा अघि बढ्ने पनि बताए । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा आह्वान गरेको छ ।

सोमबार राति मात्र कम्बोडियाबाट स्वदेश फर्केका एमाले अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री श्रेष्ठलाई प्रष्ट पार्न आग्रह गरेका थिए । विमानस्थलमा निकै आक्रोशित देखिएका ओलीले काँक्रा आफू खाएर बियाँ अरूको गालामा टाँस्ने चेष्टा भइरहेको आरोप पनि लगाएका थिए । उक्त प्रकरणमा १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

यसैबीच, माओवादी केन्द्रका नेताहरू पनि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आन्तरिक छलफलमा जुटेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा नेताहरू छलफलमा जुटेका हुन ।

प्रतिक्रिया दिनुहोस