रास्वपाका निलम्बित बझाङ संयोजक खड्काविरुद्ध प्रहरीमा उजुरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रास्वपाका निलम्बित बझाङ संयोजक खड्काविरुद्ध प्रहरीमा उजुरी


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ।

पत्रकारमाथि हातपात गरेको आरोपमा निलम्बनमा परेका खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको हो। 

खड्काले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले कानुन बमोजिम कारबाही गरिपाउँ भनेर पीडित पक्षले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्राप्त निवेदनमाथि कानुन बमोजिम प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय बझाङको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस