काठमाडौँ । विदेशमन्त्री छिङ काङलाई चीनले बर्खास्त गरेको छ ।
उनको ठाउँमा पुनः वाङ यीलाई ल्याइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै कतारी विश्व च्यानल अलजजिराले जानकारी दिएको छ ।
अलजजिराका अनुसार गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका ५७ वर्षका काङको स्वास्थ्यको कारण भन्दै वाङ यी ल्याइएको बताइएको छ ।







