काठमाडौँ । नेकपा (एमाले)ले ६ वटा प्रदेशको अधिवेशन मिति तोकेको छ। असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय भएको हो।
गण्डकी प्रदेशको मात्रै अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ।
कोशी प्रदेश कमिटीले आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरेको एक नेताले जानकारी दिए ।
मधेश प्रदेश कमिटीले असोजको ५ र ६ गते अधिवेशनको तयारी गरेका छन्। वाग्मती प्रदेशले ८ र ९ गते अधिवेशन गर्ने गरी मिति घोषणा गरेका छन्।
कर्णाली प्रदेशले भदौको २९ र ३० गते, सुदूरपश्चिमले भदौको २२ र २३ गते, लुम्बिनीको भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय भएको जनाइएको छ ।
गण्डकीको प्रदेश अधिवेशनको मिति तय हुन बाँकी रहेको छ ।