नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैन : नेता कोइराला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाली राजनीतिमा काँग्रेसको विकल्प छैन : नेता कोइराला


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली राजनीतिमा काँग्रेसको विकल्प नभएको बताएका छन् ।  काँग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व काँग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले  हराउन नसक्ने बताए । 

मुलुकको विकासको संवाहकसमेत काँग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धि काँग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे । विगत ६ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले काँग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे । 

चियापान कार्यक्रममा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीत्रय भीष्मराज आङ्देम्बे, बद्रीप्रसाद पाण्डे र जीवन परियार, काँग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतकोे उपस्थिति थियो ।

चियापान कार्यक्रममा काँग्रेसका पूर्व पदाधिकारी, मन्त्री, वर्तमान पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस