एमाले अध्यक्ष ओलीसँग चिनिया प्रतिनिधिमण्डलको भेट « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

एमाले अध्यक्ष ओलीसँग चिनिया प्रतिनिधिमण्डलको भेट


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युनबीच आज भेटवार्ता भएको छ।

पार्टी कार्यालय च्यासलमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र नेपाललाई चीनले दिने सहयोगका बारेमा कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। 

तीन दिने नेपाल भ्रमणमा गत आइतबार  नेपाल आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। यस्तै इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’सँग भर्चुअल कुराकानी गरेको छ। चुन नेतृत्वको टोली आज स्वदेश फर्किने छ। 

Tags :
प्रतिक्रिया दिनुहोस