देशभरका औषधि पसलहरूको अनुगमन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशभरका औषधि पसलहरूको अनुगमन सुरु


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि देशभरका औषधि पसलहरूको अनुगमन सुरु गरेको छ।

औषधि पसलहरू मापदण्ड विपरीत चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो। २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुरका औषधि पसलहरूको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। 

अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताए। फर्मासिस्ट भन्दा फार्मेसीहरू झन्डै तेब्बर रूपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस