व्यवसायी महासङ्घले गर्‍यो आन्दोलनका थप कार्यक्रम घोषणा « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

व्यवसायी महासङ्घले गर्‍यो आन्दोलनका थप कार्यक्रम घोषणा


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरूमा ज्ञापनपत्र बुझाउने, साउन ९ गते प्रदेश महासङ्घले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने महासङ्घको निर्णय छ।

साउन ७ गते भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागहरूको सम्बन्धमा जानकारी गराउने, आफ्ना मागहरू पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासङ्घले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने, सोही दिन सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना दिने लगायतका कार्यक्रम छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस