बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकताः पम्फा भुसाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकताः पम्फा भुसाल


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन्।

उनले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने उल्लेख गरिन्। उनले समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने बताइन्। समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने उनको भनाइ थियो।

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउन भूमिका निभाउने बताए। उनले कम्युनिष्टहरु एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरुको उदय हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस