एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक हो ?-बिडारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक हो ?-बिडारी


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं माओवादी नेता रामनारायण बिडारीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति शङ्का व्यक्त गरेका छन् । शनिबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै बिडारीले एमालेको नियतमाथि शङ्का गरेका हुन् । 

उनले सुनदेखि मिटरब्याजी विधयकसम्म र नक्कली भुटानी शरणार्थी गिरोहदेखि ललिता निवास जग्गा प्रकरणलाई सरकारले समात्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने एमालेको नियतमाथि प्रश्न गरेका हुन् । 

उनले यसो लेखेका छन्, ‘जब सरकारले अबैध सुन समात्छ तव एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा माग्छ । जब मीटरब्याजी तह लगाउन विधेयक पारित गर्ने दिन आउँछ तब संसद चल्न दिँदैन । जब नेपालीलाई भुटानी बनाउने गिरोहलाई सरकारले समात्छ तब प्रमको राजीनामा माग्छ । जब सरकारी जग्गा निजी बनाउनेलाई सरकारले जेल हाल्छ तब एमाले यो सरकार ढाल्नै पर्छ भन्छ । जब पीडितलाई राहत दिन विधेयक प्रमाणीकरण गर्ने बेला आउँछ तब खोचे थापेर काम रोकी ढिलो गर्नको लागि वकिल खोज्न हिँड्छ । यो भ्रष्टाचारीको मतियार हो कि सेवक हो ? थाहा चाहियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस