२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र

अ+ अ-

काठमाडौँ । लामो समयदेखि वर्षा नहुँदा साउनको पहिलो साता बित्नै लाग्दा करिब ३५ प्रतिशत मात्र रोपाइँ हुन सकेको छ । 

वर्षा रोकिएपछि पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर भए पनि किसानले अहिलेसम्म करिब ३५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्र वीरगञ्ज पर्साका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए। 

“जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाको सिँचाइ प्रणालीबाट धान रोपाइँ गरिरहेका छन्”, प्रमुख कुशवाहाले भने, “अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धमाधम धान रोपाइँ गरिरहेका छन् ।” तुलनात्मकरुपमा अन्य ठाउँभन्दा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उनको भनाइ छ । 

पर्सामा सिँचाइ सुविधा पुगेको ठाउँमा धमाधम रोपाइँ भइरहे पनि जिल्लाको उत्तरी, पश्चिमी भेगका अन्य कतिपय स्थानमा धान रोपाइँ हुन नसक्दा करिब ६५ प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो रहेको प्रमुख कुशवाहाले बताए । 

पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर वर्षा नहुँदा अहिलेसम्म १६ हजार चार सय ९५ हेक्टरमा मात्र धान रोपाइँ भएको प्रमुख कुशवाहाले जानकारी दिए । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

समयमा पर्याप्त वर्षा नहुनु, किसानले ढिलो गरी धानको बेर्ना तयार पार्नु, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्तिलगायतका कारणले अपेक्षाकृत धान रोपाइँ हुन नसकेको प्रमुख कुशवाहाको कथन छ । अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुँदा धानको बोट सुक्न थोलेको छ । 

“पानी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ”, पर्साको बहुदरमाई नगरपालिका-४ का किसान उमेश यादवले भने, “वर्षा ठ्याप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।” अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस