२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य : आरजु राणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य हो भनेकी छन् । 

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरूको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताइन् । 

नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिइन्। उनले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली काँग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र काँग्रेसका नेताहरू सफल हुने धारणा राखिन् । 

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो पनि गरीन् । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो रु”, उनको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उनले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि काँग्रेसले ध्यान दिन जरुरी रहेको बताइन् । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उनको पत्नीका रूपमा चार/पाँच ठाउँमा पुगेकी छु”, उनले भनीन्, “हाम्रा मन्त्रीहरू सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उहाँहरूले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणापत्रमै उल्लेख गरेर अघि बढ्नुपर्छ ।”

उनले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गरीन् । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरू असफल हुने गरेको उनको टिप्पणी थियो । उनले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताइन् । नेता राणाले पार्टीका नेताहरू नै आफूहरू फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै यसबीच सन्तुलन आवश्यक रहेको बताइन् । 

नेता राणाले पार्टीले सदस्यको सङ्ख्या मात्रै बढाएर नहुने भन्दै सङ्ख्याले सबै अर्थ नराख्ने बताइन् । “मलाई यस्तो जिल्ला र वडाहरू थाहा छ, जहाँ क्रियाशील सदस्यभन्दा कम भोट आएको छ”, उनले भनीन् “सदस्यता लिनका लागि पहिले आवेदन लिने र त्यसपछि प्रशिक्षण दिनुपर्छ, राजनीति किन गर्न लागेको जानकारी हुनुपर्छ ।”

डा. राणाले काँग्रेसले आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने सुझाव पनि दिइन् । विश्वभर ध्रुवीकरण भइरहेको भन्दै यसमा ध्यान दिन उनले सुझाव दिइन् । “परराष्ट्र नीतिमा हामी पहिलेकै ठाउँमा छौँ कि यताउता भएका छौँ यस विषयमा स्पष्ट हुनुपर्छ”, उनले भनीन्, “अहिले विश्व नै ध्रुवीकरण भएको समयमा मुलुकलाई असंलग्न नीतिमा कसरी राखिराख्ने हो त्यसमा ध्यान दिनु जरुरी छ”, उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस