२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार विरोधी अभियान कमजोर पार्ने सपना नदेख्न गृहमन्त्रीको चेतावनी

अ+ अ-

काठमाडौँ । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, सय किलो सुन प्रकरणमा आफ्नो नाम जोडिनु भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न सकिन्छ भन्ने नसोच्न चेतावनी दिएका छन् ।

सुन प्रकरणपछि शुक्रबार बिहान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारसँग उनले संगठित ढंगले सरकारको भ्रष्टाचार विरोध अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिए ।

सय किलो सुन प्रकरणमा गृहमन्त्री नै यसको नाइके हो भन्ने समाचार आइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने ‘तपाईँलाई लाग्यो रु त्यस कारण यो प्रश्नै होइन । म चाहिँ चुनौती दिन्छु । यो देशको भ्रष्टाचारविरुद्धको अभियानलाई सुशासन स्थापितको अभियानलाई प्रधानमन्त्रीको निर्देशनमा हामीले व्यवहारिक नेतृत्व गरिरहेका छौं । यसमा आम जनताको समर्थन छ । संगठित ढंगले यसलाई असफल पार्न सकिन्छ भन्ने नसोचे हुन्छ । कसैले नसोचे हुन्छ भ्रम पार्न सकिन्छ । हामी विचलित हुनेवाल छैन ।’

उनले कुनै पनि हालतमा अनुसन्धान पुरा गरी दोषीलाई कारबाही गरी छाड्ने प्रतिबद्धता जनाए । आवश्यक परे राज्यका अन्य अंक परिचालन गरेरै भए पनि घटनाको रुटमा पुग्ने उनको दृढता छ ।

उनले भने ‘जस्तो सुकै र जो सुकै भए पनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रक्रियामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ । र सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ । मैले अहिले पनि सम्बन्धित सबे अधिकारीहरूलाई त्यही रूपमा निर्देशन दिएको छु ।’

आवश्यकता पर्‍यो भने अपराध अनुसन्धान विभागले समेत अनुसन्धान थाल्ने उनेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस