२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो। भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी ६ जना यसअघि नै पक्राउ परिसकेका छन्।

सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी ६ जना पक्राउ परेका हुन्।

उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा एक सय केजी सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ। विमानस्थल भन्सार परिसरमा थप सुन रहेको आशंकासँगै विभागले विशेष अप्रेशन जारी राखेको स्रोतले बताएको छ। विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन्। विभागमा कार्यरत सबै कर्मचारीहरुलाई बाहिर निकालेर थप सुनको खोजी भइरहेको बताइएको छ।

बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरिएको थियो। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

सम्बन्धित समाचार  : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू) 

सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा

सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद 

प्रतिक्रिया दिनुहोस