सुन काण्डमा मेरो संलग्नता छैन, पुष्टि भए कारबाही भोग्न तयार छु : मलहोत्रा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सुन काण्डमा मेरो संलग्नता छैन, पुष्टि भए कारबाही भोग्न तयार छु : मलहोत्रा


४ श्रावण २०८०, बिहिबार


काठमाडौँ । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्‍नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए। पत्रकार सम्मेलनमार्फत उनले आफ्नो नाम जोडेर गिरोहलाई जोगाउन खोजिएको भन्दै चिन्तासमेत व्‍यक्त गरे।

त्यस्तै, उतले विभिन्न किसिमका प्रकाशित समाचारप्रति पनि खेद प्रकट गरे। सुन ल्याउने गिरोहसँग आफ्नो कुनै प्रकारको चिनजान र बसउठसमेत नरहेको पनि उनले प्रष्टीकरण दिए।

‘मेरो सबै व्यवसायिक कारोबारहरू कानुनी निकायमा दर्ता छन् र वैध छन्। म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानुनी कारोबार गरेको छैन। सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन।’ उनले भने।

विमानस्थलको भन्सार विभागबाट बिना जाँच  बाहिरिएको करिब एक सय केजी सुनमा मलहोत्राको नाम जोडिएपछि उनले पत्रकार सम्मेलन गरेका हुन्।

यस सुन प्रकरणमा भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ। उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस