नेपाल एरलाइन्सको विमान मलेसियामा ग्राउन्डेड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल एरलाइन्सको विमान मलेसियामा ग्राउन्डेड


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहानैदेखि रोकिएको छ।

निगमका अनुसार भैरहवा हुँदै काठमाडौँ आउन लागेको निगमको ढल् ( 9N -AKW) जहाजको अक्सिजनको अभावका कारण रोकिएको हो । विमान रोकिएपछि काठमाडौं आउन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन्।

ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ। निगमले ७ दिनदेखि काठमाडौँमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर मलेसिया उडाएको थियो ।

विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुँदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौँमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो।

यो विमान मलेसियाबाट भैरहवा हुँदै बिहान ९ बजेर ३५ मिनेटमा काठमाडौँ अवतरण गर्ने तालिका थियो।

Tags :
प्रतिक्रिया दिनुहोस