काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ। यससँगै सूचक २१४७.६८ अंकमा आएको छ।
यस अवधिमा ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो।
यस सेसनमा कुल ३८ वटा कारोबार भएको छ। २० कम्पनीको मूल्य बढ्दा ४ वटाको मूल्य भने घटेको छ।
बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।