काँग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने देउवाको प्रस्ताव « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने देउवाको प्रस्ताव


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्।

निवास धुम्बाराहीमा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन्।

(भोलि) मङ्गलवार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ।

धुम्बाराही बैठकमा सहभागी पूर्व महामन्त्री शशाङ्क कोइरालाले केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेको जानकारी दिए।

‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय राख्नुभयो,’ कोइरालाले भने, ‘भोलि लाइभ गरौँ र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस