प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण


३१ असार २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन ।
साथै उनले आव २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस