तरकारीको मूल्यमा आज सामान्य गिरावट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तरकारीको मूल्यमा आज सामान्य गिरावट


३१ असार २०८०, आइतबार


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडाको मूल्य हिजो(शनिबार)को तुलनामा स्थिर छ । आज प्रतिकेजी न्यूनतम ७० रुपैयाँमा गोलभेँडा पाइन्छ । सानो गोलभेँडाको मूल्यमा १० रुपैयाँ मूल्य बढेर आएको छ । आज प्रतिकेजी ३० रुपैयाँ मूल्य तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४६ र सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले घटेर ७० रुपैयाँमा किनबेच भइरहेको छ भने,भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ २ रुपैयाँले घटेर प्रतिकेजी ८ रुपैयाँमा झरेको छ ।

त्यस्तै, कालीमाटी बजारमा घिउ सिमी लोकल ६०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ७०, तितो करेला ७०, लौका ७०, परवल ३५, फर्सी पाकेको ४५ हरियो फर्सी (लाम्चो) ५०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३३०, कुरीलो २०० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ । रायोको साग प्रतिकेजी ९० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरियो प्याज ६० रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै, फलफूमा हिजोको तुलनामा सबैको मूल्य स्थिर रहेको छ । आज केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १२०, अनार ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवी ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस