काठमाडौँ । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ ।
निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका रिक्त ३० पदका लागि दरखास्त आह्वान गरेको हो ।
निगमले आज (आइतबार) सूचना प्रकाशित गर्दै प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका २५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
योग्य नेपाली नागरिकले १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
