१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सभामा खर्च कटौती प्रस्ताव दर्ता

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।

खर्च शिर्षक समेत उल्लेख गरेर सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरग मन्त्रालयहरुका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि अनुदान रकमको १९ करोड विनियोजन गरिएकाले कटौती गर्न माग गरिएको छ । यसअघिको प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गर्दै नीति र विधि मिचिएको प्रस्तावमा उल्लेख गरिएको छ ।

एमालेले उक्त बजेट विनियोजन गरिनुले अख्तियारको समेत दुरुपयोग भएकाले असहमती रहेको जनाएको छ । प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतिको नीतिगत असमझदारी भएको बताए ।

प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । तर बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउँदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस