१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पाको रोल्पा नगरपालिका-२ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । 

उनलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले छोरालाई मिर्गौला दान गरेका थिए । प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काको टोलीले यही असार २८ गते प्रत्यारोपण कार्य सम्पन्न गरेको थियो ।  

केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत १० गते सम्झौता भई प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताए ।

प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउन केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए । 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका जनताले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताए । उनले प्रदेश अस्पतालले नमुना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासका निम्ति काम गर्दै आएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आगामी दिनमा पनि आवश्यक हुने बताए ।

यसभन्दा पहिले २१ माघ २०७९ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका–४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिएका थिए ।

प्रतिक्रिया दिनुहोस