२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री महत

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रस्ट रहेको बताए।

“सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ”, उनले भने, “ऋण लिने प्रचलन संसारभरि नै छ। तर त्यो ऋण किन लिने, त्यसमा हामी सुस्पष्ट हुनुपर्छ। ऋण लिएर लागनी गर्ने, लगानीबाट प्रतिफल ज्यादा लिने, त्यसले अर्थतन्त्रलाई फराकिलो बनाउँछ।”

कुनै पनि ऋण नलिइकन मुलुक समृद्ध बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले आफ्नो पूँजीले मात्रै देशको पूँजी विस्तार गर्न नसकिने बताए। “देशको पूँजी लगानीले समग्रमा अर्थतन्त्रलाई माथि उकास्न सकिँदैन। तर ऋण लिँदा अत्यन्त सचेत हुनुपर्छ, कस्तो ठाउँमा ऋण लिने, प्रतिफल र परिणाम आउने, बढीभन्दा बढी जनतालाई सहयोग पुग्ने हो कि होइन, सामाजिक आर्थिक प्रतिफल कति आउँछ, त्यसको यथार्थ मूल्याङ्कनका आधारमा ऋण लिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस