३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिलेख जति सम्पन्न र प्रभावशाली भयो,राज्य त्यति नै स्मार्ट बन्छ : मन्त्री किराँती

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले अभिलेख पनि जति सम्पन्न र प्रभावशाली भयो त्यति नै राज्य स्मार्ट बन्ने बताएका छन् ।

राष्ट्रिय अभिलेखालयको ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अभिलेख उतार प्रशिक्षण कार्यक्रमको प्रमाण पत्र वितरण तथा ‘निर्वाणतन्त्र’ पुस्तक विमोचन समारोहमा उनले अभिलेख राज्यको नाभि भएको भन्दै अभिलेखालय जति सही हुन्छ समाज र इतिहासको अध्ययन पनि त्यति नै सही हुने बताए ।

उनले भने, मानिसमा स्मरण शक्ति जति बढी हुन्छ त्यति नै स्मार्ट हुन्छ त्यस्तै अभिलेख पनि जति सम्पन्न हुन्छ र प्रभावशाली भयो त्यति नै राज्य स्मार्ट हुन्छ । अभिलेखालय जति सही हुन्छ समाज र इतिहासको अध्ययन पनि त्यति नै सही हुन्छ । समाज र इतिहासलाई सही तरिकाले बुझेपछि योजना सही हुन्छ, योजना सही भएपछि कार्यान्वयन सही हुन्छ, कार्यान्वयन सही भयो भने नै देश समृद्धि र विकासको बाटोमा अगाडि जान्छ । अभिलेख भनेको राज्यको नाभि रहेछ, भन्ने लाग्छ ।

यस्तै मन्त्री किराँतीले समाजमा मौखिक रूपमा रहेको बौद्धिक सम्पदाहरूलाई अभिलेखामार्फत सम्पत्तिको रूपमा संरक्षण गर्ने नीतिमा लिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकेको बताए ।

उनले भने, अहिलेको हाम्रो चुनौती भनेको अभिलेखलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा पुन संरचना गर्नुपर्ने छ । समाजमा रहेको मौखिक ज्ञानको रूपमा रहेको बौद्धिक सम्पदाहरूलाई अभिलेखमार्फत सम्पत्तिको रूपमा संरक्षण गर्ने मौखिक ज्ञान संग्रालय भन्ने पनि नीतिमा लिएका थियौ । तर बजेटले नै हामीलाई हैरान बनाई हाल्छ तर के गर्न सक्छौ त्यसमा प्रयास गर्ने नै छौ ।

उनले सोच र योजनामा जति नै नीति बनाए पनि बजेटले गर्दा कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस विषयमा सबै जना गम्भीर भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस