२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव राउत पक्राउको विरोधमा कर्मचारी, भन्छन्– निर्णयकर्तालाई उन्मुक्ति, निमुखालाई हतकडी ? 

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउको विरोधमा कर्मचारीहरू आन्दोलित भएका छन् । निर्णय गर्नेलाई नसमाती टिप्पणी उठान गर्नेलाई पक्राउ गरिएको भन्दै कर्मचारीहरूले निर्णयकर्तालाई उन्मुक्ति, निमुखालाई हतकडी लेखेको ब्यानरसहित सामाजिक सञ्जाल फेसबुकबाट विरोध शुरु गरेका हुन् । कर्मचारीहरूले आइ अलोइज स्ट्यान्ड वीथ माई इन्स्टिच्यूसन लेखेको ब्यानरलाई प्रोफाइल बनाएका छन् । 

‘पेश भएको राय अनुरूप निर्णय गर्ने या नगर्ने अन्तिम स्वविवेक निर्णयकर्ता मै हुने र कानुनी दायित्वसमेत निजमै रहने कुरा सर्वमान्य विषय हो । तर, अनुसन्धानको नाममा निर्णयकर्तालाई पन्छाउँदै निर्णयार्थ पेश गर्ने राय लेखेका तत्कालीन शाखा अधिकृत(बहालवाला सचिव) विरुद्धको धरपकडको घटना निजामती सेवाको पुनर्संरचना नभइसकेको अवस्थामा यसलाई थप कमजोर पार्नका निमित्त भएको अनुचित प्रहार हैन भन्न सक्ने अवस्था नदेखिएकोले यस्ता गलत कार्यको विरुद्ध सम्पूर्ण कर्मचारीहरूले आ-आफ्नो आचारसंहिता र मर्यादाभित्र रहेर असहमति किन नजनाउने’ भन्दै कर्मचारीहरूले सामाजिक सञ्जालमा क्याम्पेनिङ चलाएका छन् । 

‘यो कुनै अमुक व्यक्ति वा पदको मात्र विषय नभएर समग्र प्रशासन संयन्त्र विरुद्धको गलत प्रहार/अनुचित हस्तक्षेप भएकोले सङ्गठित रूपमा साङ्केतिक विरोध किन नगर्ने ?’ सबै कर्मचारी जुट्न आह्वान गर्दै उनीहरूले भनेका छन् –’त्यसैले सबै सेवा, समूह र पदका वहालवाला र निवृत्त निजामती कर्मचारीहरूले आ–आफ्ना सामाजिक सञ्जालको प्रोफाइलमा यस किसिमको तस्बिर राखेर साङ्केतिक विरोध गर्न सक्दैनौँ ?’ 

ललिता निवास जग्गा प्रकरणमा आइतबार प्रहरीले राउतलाई पक्राउ गरेसँगै कर्मचारीहरूले त्यसको विरोध गर्दै आएका छन् । निर्णयकर्तालाई नपक्रेर टिप्पणी उठाउने अधिकृतलाई पक्राउ गरिएको भन्दै कर्मचारीहरू रुष्ट बनेका हुन् । लाए अराएको काम गर्ने कर्मचारीलाई झोसेर निर्णय गर्ने तथा फाइदा लिने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिन खोजेकोले त्यसको विरोधमा आफूहरू आन्दोलित हुनु परेको एक अधिकृतले बताएका छन् । निर्णायक भूमिका रहने सचिव, मन्त्री तथा प्रधानमन्त्रीलाई केही नहुने तर उपयुक्त निर्णयार्थ भनेर टिप्पणी उठान गर्ने अधिकृतलाई फसाउने षड्यन्त्र भएकोले त्यसको विरोध गर्नुपरेको उनीहरूको भनाई छ । 

सङ्गठित किर्तेको अनुसन्धानका लागि भन्दै प्रहरीले आइतबार विराटनगर जान लागेका राउतलाई विमानभित्रबाटै पक्राउ गरेको थियो । 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

यससँगै वहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरूले उनी पक्राउ गरेको घटनामा असहमति जनाउँदै आएका छन् । 

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

यससँगै कर्मचारीहरुले मुख्य सचिव र गृह सचिवकोसमेत आलोचना शुरु गरेका छन् । नेतृत्वमा भएर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस