पशुपतिनाथमा भक्तजनको घुइँचो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पशुपतिनाथमा भक्तजनको घुइँचो


२५ असार २०८०, सोमबार


काठमाडौँ । साउने सोमबारको व्रत आजबाट सुरु भएको छ ।

चन्द्रमाअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको छ । त्यसैले,चन्द्रमाअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने भएकाले सोमबारको व्रत यो पटक लामो पर्ने भएको छ ।

हिन्दु धर्मावलम्बी महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार शिव मन्दिरहरूमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । आज पशुपतिनाथमा पनि बिहानै देखि व्रतालु भक्तजनको भिड लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस