काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक आज ३.९९ अंकले बढेको छ। यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ।
यस अवधिमा २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ४२ वटा कारोबार भएको छ। १० कम्पनीको मूल्य बढ्दा ६ वटाको भने मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।