योगेश भट्टराईले भने-सरकार संसदीय समिति र संसद चलाउन जिम्मेवार देखिएन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

योगेश भट्टराईले भने-सरकार संसदीय समिति र संसद चलाउन जिम्मेवार देखिएन


२४ असार २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाएका छन् ।

आइतबार सिंहदरवारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको छैन, यो ६ महिनामा । ४१ वटा बैठक भए यसको प्रभावकारी नतिजा छैन । ‘

उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताए ।

उनले भने, ‘ संसदको बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढङ्गले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो।

उनले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद्का बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे । उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको बताए ।

‘समितिहरू भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसद्का अङ्ग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ।’ उनले भने ।

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरू सरकार र सरकारका निकायहरूले बिना शर्त कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भने, ‘समितिले दिएका निर्देशनहरू नेपाल सरकार र सरकारका निकायहरूले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस