२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज उप-महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको ०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। नगर सभाको १३औँ अधिवेशनको दोस्रो बैठकबाट शनिबार बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो।

नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन्।

असार ९ गते बसेको नगर सभाको १३औँ अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख विष्टले ०८०/८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका थिए।

उपप्रमुख राईले ०८०/८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरणसहितको बजेट नगर सभामा प्रस्तुत गरेका थिए।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए।

समग्र नगर विकासका लागि वडा कार्यालयहरूसँगको सहकार्यलाई आत्मसात् गर्दै चालु वर्षजस्तै आगामी आर्थिक वर्षका लागि पनि २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजस्व/अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ। कुल आम्दानीको अधिकांश भार केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताए।

नगर प्रमुख विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधारलगायतको विकासका निम्ति कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे। शनिवारको बैठकमा उपप्रमुख राई, वडा नम्बर १ का अध्यक्ष एवं प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का अध्यक्ष दीपककुमार बर्मा, वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन र वडा नम्बर २ का अध्यक्ष मनोजकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस