१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगुको छायाँनाथमा लागूऔषधविरुद्ध टोल टोलमा सन्देश मुलक अभियान सञ्चालन

अ+ अ-

काठमाडौँ । पछिल्लो समयमा मुगु जिल्ला राष्ट्रिय सडक सञ्जाल जोडिँदै गर्दा दुव्र्यवसनका घटनाहरू बढ्दै जान थालेको छ । दुर्व्यसनी पनि बढेपछि छायाँनाथ रारा नगरपालिका भित्रका टोल टोलमा जनप्रतिनिधि र युवाहरू लागुऔषध, धूमपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् ।

मुगु जिल्लाका युवा युवतीलाई लागुऔषधका बारेमा सचेत गराउने उद्देश्यले तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागूऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागूऔषध, धूमपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेको हो ।

छाँयानाथ रारा नगरपालिका भित्र रहेका १ देखि ७ वडासम्म लागू औषध दूव्र्यसनले हुने हानी नोक्सानी बारे सचेतना फैलाइरहेको छाँयानाथ रारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुको संयुक्त आयोजनामा सचेतनामूलक कार्यक्रम नै गरियो । लागूऔषध दुर्व्यसनीबाट धनजनको क्षति नगर्न र नगराउन आफ्ना मुगाली युवाहरूलाई कुलतमा फस्न नदिन भन्दै सरोकारवालासँग अन्तरक्रिया गर्दै सुझाव संकलन गरेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रहरीको सहायतामा लागूऔषध सम्बन्धी कानूनी प्रावधान,मानव स्वास्थ्यमा हुने हानीका बारे सदरमुकाम गमगढी बजारमा रहेका सरोकारवाला युवाहरू,नागरिक समाज ,पत्रकार,अन्य सरोकारवाला निकायलाई भेला गरी अन्तरक्रिया मार्फत जानकारी दिइएको अभियानमा जुटेका युवा नरेश भामले बताए ।

पछिल्लो समयमा युवाहरू निकै कुलतमा फस्दै गएपछि र समाजमा विकृतिका घटनाहरू बढ्न थालेपछि छायाँनाथ रारा नगरपालिकाको आयोजनामा कुलत, दुर्व्यसन, लागू औषधको प्रयोग गर्दा व्यक्ति र समुदायमा पर्ने असरबारे जानकारी गराउन अन्तरक्रिया गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम बताउछन् ।

अबका दिनहरूमा नगरपालिकामा सुधार केन्द्र निमार्ण गर्ने, ऐन कानून बनाएर कुलतमा फसेकाहरूलाई सुधार गर्ने तयारीमा नगरपालिका रहेको उल्लेख गर्दै कुलतमा लागेको नबिग्रिउन् भन्ने हिसाबले अभियान सञ्चालन गरिएको पनि प्रमुख भाम बताउछन् ।

लागूऔषध, धूमपान, मद्यपानविरुद्ध,जुवा ताज जस्ता गतिविधिहरूले समाजमा विकृति नै निकै फैलिरहेको छ । समाज तथा घर परिवारमा महिला पुरुषबीच दिन प्रतिदिन झगडा बढ्दो छ । विभिन्न घटना हुन थालेपछि यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नका लागि यो लागूऔषध, धूमपान, मद्यपानविरुद्धको अभियान नियमित सञ्चालन गर्ने र सबै भन्दा बढी युवाहरूलाई अभियानमा लागूऔषध, धूमपान, मद्यपानविरुद्ध,जुवा ताज जस्ता गतिविधिहरूले समाजमा विकृति नै निकै फैलिरहेको छ ।

समाज तथा घर परिवारमा महिला पुरुषबीच दिन प्रतिदिन झगडा बढ्दो छ । विभिन्न घटना हुन थालेपछि यस्ता घटनाहरूलाई न्यूनीकरण गर्नका लागि यो लागूऔषध, धूमपान, मद्यपानविरुद्धको अभियान नियमित सञ्चालन गर्ने र सबै भन्दा बढी युवाहरूलाई अभियानमा समेटेर सुधारको बाटोमा ल्याउने प्रयास गरिने प्रमुख जिल्ला अधिकारी मोहोन बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस