२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्का बन्यो विश्वकप छनोटका सबै खेल जित्ने पहिलो टोली

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा श्रीलङ्काले वेष्ट इण्डिजमाथि ८ विकेटको शानदार जित निकालेको छ।

जितका लागि वेष्ट इण्डिजले दिएको २४४ रनको लक्ष्य श्रीलङ्काले ४४.२ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। श्रीलङ्काको जितमा विस्फोटक ब्याटिङ गरेका पथुम निसानकाले सर्वाधिक १०४ रनको शतकीय पारी खेले।

दिमुथ करुणारत्नेले ८३ रन जोडे। कुशल मेन्डिसले अविजित ३४ रन जोडे। त्यसअघि जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको वेष्ट इण्डिज ४८.१ ओभरमा अलआउट हुँदै २४३ रनमा समेटियो।

वेष्ट इण्डिजका लागि केसी कार्टीले सर्वाधिक ८७ रनको योगदान गरे। जोन्सन चार्ल्सले ३९ तथा रोमारियो शेफर्डले २६ रनको योगदान गरे। केभिन सिन्क्लेयरले २५ तथा निकोलस पुरनले १४ रन जोडे। बलिङतर्फ महेश थेक्षानाले सर्वाधिक चार तथा दुषण हेमन्थले दुई विकेट लिए।

यो जितसँगै श्रीलङ्काले विश्वकप छनोटमा अपराजित यात्रा कायमै राखेको छ। छनोट चरणमा खेलेका पाँचवटै खेल जित्ने श्रीलङ्का पहिलो टोली समेत बनेको छ। श्रीलङ्का र वेष्ट इण्डिजबीचको खेलसँगै सुपरसिक्स चरणका सबै खेल सकिएका छन्।

छनोट चरणमा सहभागी दश टोलीमध्ये नेदरल्याण्ड्स र श्रीलङ्काले विश्वकपमा स्थान बनाएका छन्। विश्वकप छनोटको फाइनलमा भोलि नेदरल्याण्ड्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।