पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजको चासो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न जजिरा एयरवेजको चासो


२१ असार २०८०, बिहिबार


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न जजिरा एयरवेजले चासो दिएको छ।

जजिरा एयरवेजका काठमाडौँ स्टेसन प्रमुखसहितको टोलीले बिहीबार पोखरा विमानस्थलका प्रमुख विक्रम गौतम लगायतसँग भेटेर पोखराबाट उडान भर्न चासो दिएको हो।

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने कुल विदेशी पर्यटकको ४० प्रतिशत पोखरा आउने गरेकाले पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ ।

जजिरा एयरवेजको टोलीले पोखराबाट मध्यपूर्वी देशहरू दुबई, कतार र साउदी अरबमा उडान भर्न चाहेको बताइएको छ।

पोखरा विमानस्थलका प्रमुख गौतमसहितको टोलीसँग भेटघाट क्रममा जजिरा एयरवेजका अधिकारीहरूले बजार सर्वेक्षण गरेपछि पोखराबाट उडान गर्ने वा नगर्नेबारे निर्णय लिने जानकारी दिएका छन्। आउँदो पर्यटकीय सिजनमा पोखराबाट उडान भर्न उनीहरूले इच्छा देखाएको उनीहरूको भनाई छ ।

पोखरा विमानस्थल निर्माण भएपछि पहिलो पटक चीनको सिचुवान एयरको जहाज चार्टर फ्लाइटमार्फत पोखरा अवतरण भएको थियो। चीन सरकारले पोखरामा आयोजना गरेको ड्रयागन बोट फेस्टिभलमा भाग लिने खेलाडीलाई लिएर असार ६ गते उक्त जहाज पोखरा अवतरण गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस