१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनोद चौधरीले अर्थ समितिको अध्यक्षता गर्दा स्वार्थ बाझिने भन्दै सांसदहरुले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले संसदीय समितिको सभापतित्व गर्दा स्वार्थ बाझिने भन्दै सांसदहरुले प्रश्न उठाएका छन् ।

अर्थ समितिले बिहीबार रासायनिक मलको उपलब्धताको विषयमा कृषि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र लगानी बोर्डका अधिकारीहरूसँग छलफल कार्यक्रम राखेको थियो । समितिको सभापति चयन नभएका कारण ज्येष्ठ सदस्यको रूपमा सांसद विनोद चौधरीले सभापतित्व गरे ।

अर्थ समितिका ज्येष्ठ सदस्य काँग्रेस सांसद सन्तोष चालिसे र उनीपछिका ज्येष्ठ सदस्य राप्रपाका दीपक बोहरा दुवै अनुपस्थित भएपछि चौधरीले सभापतित्व गरेका थिए । उद्योगपति चौधरी अर्थ समितिको सभापतिकै कुर्सीमा देखेपछि एमाले र राप्रपाका सांसदहरुले स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका हुन् ।

‘हामीले व्यक्ति केन्द्रित गरेको होइन । यहाँ सभापति मात्रै होइन, सदस्य पनि बन्न पाइँदैन’, चौधरीबारे राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने । प्रतिनिधिसभा नियमावलीमै स्वार्थ बाझिने समितिमा सांसदहरु रहन नपाउने व्यवस्था रहेको भन्दै उनले समिति सदस्यहरूको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७५ (२) मा भनिएको छ, ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले पनि स्वार्थ बाझिने स्थितिमा स्वघोषणा गरेर जिम्मेवारीमा वा छलफलमा नरहनुपर्ने बताए ।

तर, कस्तो अवस्थामा स्वार्थ बाझिएको मानिने भन्ने विषय नियमावलीमा प्रष्ट छैन । काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नियमावलीमा प्रष्ट व्यवस्था नभएकाले अर्थ समितिमा चौधरीको उपस्थिति र सभापतित्वमा प्रन गर्न नमिल्ने तर्क गरे ।

चित्त बुझ्दा स्वार्थ नबाझिने र चित्त नबुझ्दा स्वार्थ बाझिने जस्तो व्यवहार गर्न नहुने उनको भनाइ छ ।

प्रश्न उठेपछि बिहान १० बजेका लागि बोलाइएको अर्थ समितिको बैठक करिब एक घण्टा ढिलो गरी विषयमा प्रवेश गरेको थियो । बैठकलाई विषयमा प्रवेश गराउने सन्दर्भमा एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल र काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की लगायतले भूमिका खेलेका थिए ।

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अर्थ समितिमा बिहीबार उठेको प्रश्नले सुधारका लागि मद्दत पु¥याउने बताए ।

विनोद चौधरी उद्योगपति रहेका कारणले अर्थ समितिमा रहने विषय आफैँमा स्वार्थ बाझिने भएकाले अर्को समितिमा रहनु उचित हुने सांसद मेटमणिले बताए ।

काँग्रेसका सांसद विनोद चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन् । चौधरीको बैंक तथा वित्तीय संस्था, उद्योग, होटेल, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी छ ।

अर्थ समितिकै सदस्य भगवती चौधरी फरवार्ड लघुवित्तकी लगानीकर्ता हुन् । सांसद हुनुअघि उनी अध्यक्ष थिइन् ।

प्रतिक्रिया दिनुहोस