संसदीय समितिद्वारा सरकारसँग भारतलाई विद्युत् बेच्ने सम्झौताको प्रति माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदीय समितिद्वारा सरकारसँग भारतलाई विद्युत् बेच्ने सम्झौताको प्रति माग


२० असार २०८०, बुधबार


काठमाडौँ । संसदीय समितिले भारतलाई १० हजार मेगावाट विद्युत् बेच्ने सम्झौताको प्रति माग गरेको छ ।

जेठ १७ गतेदेखि २० गतेसम्म भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतका बीचमा १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट भारतले खरिद गर्ने सम्झौता भएको थियो । उक्त सम्झौताको प्रति प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले माग गरेको हो ।

साथै, विकास तथा पूर्वाधार समितिले बङ्गलादेशमा निर्यात गर्ने भनिएको विद्युत् र त्यस सम्बन्धमा भएको जानकारी र प्रगति विवरण उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई भनेको छ ।

गत जेठ १७ गते प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको थियो । जसमा  नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका  थिए ।

यसअघि प्रधानमन्त्री प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच ‘लंगटर्म पावर ट्रेड एग्रिमेन्ट’ भएको बताएका थिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस