२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्रकै आधारमा जिल्ला प्रशासनले राहदानी प्रदान गर्न थालेको छ ।  जिल्ला प्रशासन कार्यालय धादिङले यही असार ३ गतेदेखि ‘लाइभ इन्डोरमेन्ट’ सेवा सञ्चालनमा ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए। 

“राहदानी बनाउन साइबर तथा पसलबाट नै फाराम भरेर फोटो टाँस गरेर जिल्ला प्रशासन पुग्नुपर्थ्यो, खचाखच लाइनमा बस्नुपर्थ्यो । तर सेवाग्राहीले झेल्नु परेको त्यो झन्झटको अहिले अन्त्य भएको छ,” उनले भने“ठगी गर्नेको नामनिसाना पनि मेटिएको छ ।”

सेवाग्राहीको चापलाई ध्यानमा राखेर जिल्ला प्रशासनले बिहान ७ बजेबाट साँझ ५ बजेसम्म दैनिक ७० जनाको कोटा नै छुट्याएर राहदानीको सिफारिस लिँदै आएको छ । शुक्रबार भने ५५ जनाको मात्रै सिफारिस लिने गरेको छ । लाइभ इन्डोरमेन्ट सेवा सञ्चालनमा नआउँदासम्म राहदानी बनाउन आउने अधिकांश सेवाग्राही फोटो खिच्ने र फाराम भर्ने नाउमा ठगिँदै आएका थिए ।

साइबर अथवा फोटो स्टुडियोको नामबाट सञ्चालन भएका ठगी गर्ने पसल धादिङ बेँसीमा मात्रै एक दर्जनभन्दा बढी छन् । दैनिक ७० जनाबाट प्रतिव्यक्ति कम्तीमा पाँच सय भन्दा बढी लिने गरेका थिए । टोकन मिलाइदिन्छु भन्दै पनि हरेक व्यक्ति एक हजारदेखि एक हजार पाँच सयसम्म लिने गरेका थिए । अहिले सेवाग्राहीलाई फाइदा भएको जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर सेवाग्राहीलाई परामर्श दिँदै आएको सामी कार्यक्रमका सूचना तथा परामर्शकर्ता विनोद ढकालले बताए ।

अहिले राष्ट्रिय परिचयपत्र बनाएर प्रशासनबाट टोकन लिएपछि नामलिष्ट तयार गरेर सेवा दिने गरेको छ । “एमआरपी फारम भरेर मात्रै प्रशासन पुग्नुपर्ने, सेवाग्राही आफैले भर्न सहजै नसक्ने भएकोले साइबर तथा दलाल भएको ठाउँमा पुग्न बाध्य हुन्थे,” उनले भने“अहिले सेवाग्राही त्यसरी ठगिनु परेको छैन ।”

प्रशासनले लाइभ इन्डोरमेन्ट सेवा सुरु गरेदेखि सेवाग्राहीले राम्रो प्रतिक्रिया दिने गरेका छन् । असार ३ देखि लागू गरेको सेवालाई धेरै जनाले राम्रो भनेको जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाको भूपेन्द्र खनालको भनाइ छ । जिल्ला प्रशासन कार्यालय राहदानी शाखाको तथ्याङ्क अनुसार यस वर्षको वैशाखदेखि असार १५ गतेसम्म (साढे दुई महिना)मा तीन हजार नौ सय २२ जनाले राहदानी बनाएका छन् । एक हजार चार सय ५५ महिला र दुई हजार चार सय २३ पुरुषले राहदानी बनाएका छन् । चौवालीस नाबालकले राहदानी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस