जेनेरेटरमा आगो लागेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जेनेरेटरमा आगो लागेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित


२० असार २०८०, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेश सभाको जेनेरेटरमा आगो लागेपछि प्रदेश सभा बैठक स्थगित भएको छ। सभामुख तुलाराम घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेट बैठक स्थगित भएको जानकारी दिए।

बुधबार दिउँसो करिब १ बजेर ५० मिनेटमा जेनेरेटरमा आगलागी भएको थियो। एमालेका सांसद तुलसीप्रसाद चौधरी बोलिरहेको समयमा सभाको बत्ती गएको थियो। बत्ती जाँदा सांसदहरू अँध्यारोमै बसेका थिए।

दोस्रो अधिवेशनको १७औँ बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच संसद् अघि बढाउने सहमति भएको थियो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभालाई सम्बोधन गरेपछि प्रतिपक्षी दलले पनि छलफलमा भाग लिइरहेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस