थाइल्याण्डमा नयाँ सभामुख चयन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

थाइल्याण्डमा नयाँ सभामुख चयन


२० असार २०८०, बुधबार


बैंकक । थाइल्याण्डको राष्ट्रियसभाका पूर्वअध्यक्ष वान मुहम्मद नूर माथा मङ्गलबार प्रतिनिधिसभाको नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोएन्रातले वान नूरलाई संसदीय सत्रमा मनोनीत भएपछि नवनिर्वाचित पाँच सय सदस्यीय सदनले आफ्नो नयाँ सभामुख, प्रथम उपसभामुख र द्वितीय उपसभामुख चयन गर्ने बाटो खुलेको हो ।

संसद्मा सम्बोधन गर्दै नेता वान नूरले आफू राजनीतिक रूपमा तटस्थ रहने र नयाँ संसदीय अधिवेशनको औपचारिक उद्घाटनका क्रममा राजाले दिएको निर्देशन पालना गर्ने बताएका छन् ।

थाइल्याण्डको संविधानअनुसार सभामुख राष्ट्रियसभाको अध्यक्ष पनि हुनेछन् । राजाले सो पदको शाही अनुमोदन गरेपछि नयाँ सभामुखले नयाँ प्रधानमन्त्री चयन गर्न तल्लो सदनमा पाँच सय र माथिल्लो सदनमा दुई सय ५० सिनेटरहरू सम्मिलित संसद्को संयुक्त बैठक बोलाउनेछन् ।

नवनिर्वाचित सभामुख ७९ वर्षीय वान मुहम्मद नूर माथा यसअघि गृह मन्त्रालय, यातायात मन्त्रालय वा कृषि मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस