२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झोलुङ्गे पुल प्रयोगविहीन

अ+ अ-

गलकोट । मध्यपहाडी पुष्पलाल लोक मार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोक मार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ ।

गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदल यात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ कुहिएर झर्न थालेका छन् ।

बडिगाड गाउँपालिकाभित्रै रहेको लब्दी खोला मोटरेबल पुल र भीमगिडेको भीमगाड खोलामा मोटरेबल पुल निर्माण भएपछि झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कमल पौडेलले जानकारी दिए ।

‘पहिला खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुन्थ्यो, अहिले नागरिकको पैदलयात्रा छोट्ट्याउन लामा र अग्ला झोलुङ्गे पुल निर्माण हुन थाले, पहिला मोटरेबल पुल हुँदैनथे, अहिले मध्यपहाडी पुष्पलाल लोक मार्गका कारण बागलुङमा धेरै मोटरेबल पुल बने, हाम्रै बडिगाडमा रहेको तीन मोटरेबल पुलका कारण सँगै रहेका तीन झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा छन्’, उनले भने ।

कतिपय खोलामा साना छोटा झोलुङ्गे पुलमाथि लामो झोलुङ्गे पुल निर्माण गरिएका छन् । बागलुङ नगरपालिका-१ देखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्नेगरी काठेखोलामा बनाइएको झोलुङ्गे पुल, काठेखोलाको दोबिल्ला खोलामा रहेको झोलुङ्गे पुल, काठेखोलाकै लामाबगरमा रहेको झोलुङ्गे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन् ।

बागलुङ बजारदेखि तित्याङ जोड्ने गरी निर्माण भएको लामो झोलुङ्गे पुलका कारण काठेखोलामाथि रहेको छोटो झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेवल पुल निर्माण गर्दा प्रयोगविहीन अवस्थामा छन् ।

बागलुङ नगरपालिका आसपास, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका क्षेत्रमा ग्रामीण सडकमा समेत मोटरेवल पुल निर्माण हुँदा झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । ती पुललाई आवश्यक स्थानमा प्रतिस्थापन गर्न आवश्यक छ ।

लामा र अग्ला झोलुङ्गे पुल र पक्की पुलका कारण नदी तर्नका लागि निर्माण गरिएको स–साना झोलुङ्गे पुल बागलुङमा प्रयोगमा आउन छाडेका छन् । जिल्लामा हाल चार सय ४५ भन्दा बढी झोलुङ्गे पुल रहेको तथ्याङ्क छ ।

करिब एक सय ५० झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेका विवाइसीमार्फत झोलुङ्गे पुल व्यवस्थापन कार्यक्रमका संयोजक प्रेम केसी बताए । मोटरेवल पुलसँगै सडकयात्राका कारण पदमार्ग विस्थापित हुँदा झोलुङ्गे पुल प्रयोग हुन छाडेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस