२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा घाइते प्रधानाध्यापकको निधन

अ+ अ-

काठमाडौँ । दाङको तुलसीपुरको बुद्ध चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जना शिक्षकको उपचारका क्रममा मङ्गलवार निधन भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५८ वर्षीय खोपीराम अधिकारीको उपचारका क्रममा मङ्गलवार बिहान पौने ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अधिकारी तुलसीपुर–११ स्थित आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक थिए। दुर्घटना भएको दिन उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको टाउको, अनुहार लगायतमा गहिरो चोट लागेको थियो।

अधिकारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तत्कालै नेपालगञ्ज रिफर गरिएको थियो।

अधिकारी तुलसीपुर–१६ लहलौराका ५६ वर्षीय नवराज डाँगीले चलाएको मोटरसाइकलको पछाडि सवार थिए। डाँगी पनि शिक्षक हुन्। दाङ घोराहीस्थित गोरखा हस्पिटलमा उनको उपचार जारी रहेको प्रहरीले बताएको छ।

त्यस्तै, रा ४ प २८६६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर-६ डुर्मीगाउँका २४ वर्षीय दिपेश चौधरीको बाँकेमा उपचार जारी छ। उनको पछाडि सवार सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका-२ का १८ वर्षीय सुनिल बुढाथोकी उपचारपछि घर फर्किसकेको प्रहरीले बताएको छ। चौधरी मोटरसाइकल मेकानिक हुन्।

घाइते शिक्षक डाँगीले चलाएको रा १ प ८४४६ मोटरसाइकल तुलसीपुर बजारतर्फ आइरहेको समयमा तुलसीपुरबाट दक्षिणविपरीत दिशातर्फ गइरहेको तीव्र गतिको मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस