उद्योग महासङ्घ र परिसंघबीच निजी क्षेत्रको हकहितका लागि सहकार्य गर्ने सहमति « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

उद्योग महासङ्घ र परिसंघबीच निजी क्षेत्रको हकहितका लागि सहकार्य गर्ने सहमति


१८ असार २०८०, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहितका लागि दुवै पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा  सहमति भएको छ ।

परिसंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बधाई एवम् शुभकामना दिन महासङ्घले आयोजना गरेको कार्यक्रममा दुवैपक्षबीच यस्तो सहमति भएको हो ।

निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि दुवै संस्था एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा महासङ्घले जोड दिएको थियो ।

कार्यक्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए ।

महासङ्घ, परिसंघ र नेपाल चेम्बर अफ कमर्स बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेस गर्दैछ । यसले सकारात्मक सन्देश दिने ढकालले बताए ।

यसैगरी परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरू बीच पनि सहकार्य आवश्यक रहेकोमा जोड दिए । ९ असारमा अग्रवालको अध्यक्षतामा परिसंघको नयाँ कार्यसमिति चयन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस